Skip to content

राप्रपा छाेडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री धवलशमशेर राणाले नयाँ राजनीतिक दल गठन गर्ने घोषणा गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा राणाले नयाँ पार्टी गठनको औपचारिक घोषणा गरेका हुन् । यसअघि उनले विज्ञप्ति जारी गर्दै राप्रपाबाट अलग हुने निर्णय सार्वजनिक गरेका थिए । राणासँगै राप्रपाका केही नेता तथा कार्यकर्ताले पनि पार्टी परित्याग गरी नयाँ राजनीतिक अभियानमा सहभागी भएको बताएका छन् ।

कार्यक्रममा बोल्दै उनीहरूले राष्ट्रवादी शक्तिहरूलाई एकताबद्ध गर्दै नयाँ राजनीतिक विकल्प निर्माण गर्ने उद्देश्यसहित अभियान अघि बढाइएको बताएका छन् । राणाको पार्टी परित्याग र नयाँ दल गठनको घोषणासँगै राप्रपाभित्रको राजनीतिक समीकरणमा नयाँ बहस सुरु भएको छ । पछिल्लो समय पार्टी नेतृत्वसँगको मतभेदका कारण राणाले अलग बाटो रोजेका हुन् । नयाँ पार्टीको नाम, संगठनात्मक संरचना तथा आगामी राजनीतिक कार्यदिशाबारे भने विस्तृत जानकारी आउन बाँकी रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्