काठमाडौं – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारबाट जनताको आशा र भरोसा पूरा हुनेमा विश्वास नरहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले दुई तिहाइ मत प्राप्त सरकारको दुई महिनाको कार्यशैलीले जनताको अपेक्षाअनुसार परिणाम दिन नसकेको टिप्पणी गरे । सरकार सफल होस् भन्ने आफ्नो चाहना रहे पनि हालसम्मका गतिविधिले जनविश्वास बढाउन नसकेको उनको भनाइ थियो । घिसिङले जनताले परिवर्तनको अपेक्षासहित ठूलो मत दिएको उल्लेख गर्दै सरकारले सबै क्षेत्रमा सफलता हासिल गर्नुपर्ने सुझाव दिए । साथै, सरकारले अपेक्षाअनुसार काम गर्न नसके जनतालाई निराश हुन नदिने र उज्यालो नेपाल पार्टीले जनताका मुद्दा उठाउँदै अघि बढ्ने बताए । उनले नयाँ राजनीतिक शक्तिको विकल्पका रूपमा जनताले उज्यालो नेपाल पार्टीलाई पनि हेर्न थालेको दाबी गरे ।





प्रतिक्रिया दिनुहोस्