Skip to content

आजको मौसम : देशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना

काठमाडौँ – देशका हिमाली तथा पहाडी भू-भागमा आज सामान्यतया बदली रहने तथा तराई क्षेत्रमा आंशिक बदली रहने भएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको पूर्वानुमानअनुसार कोशी, लुम्बिनी र कर्णाली प्रदेशसहित हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ । महाशाखाका अनुसार तराई क्षेत्रका एक–दुई स्थानमा पनि वर्षाको सम्भावना रहेको छ । साथै, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा तातो दिनको अवस्था कायम रहने अनुमान गरिएको छ । रातिको समयमा कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी भू–भागमा सामान्य बदली रहनेछ । मधेश प्रदेश तथा बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहने र बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ । महाशाखाले कोशी प्रदेशसहित हिमाली क्षेत्रका थोरै स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्