Skip to content

एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै

काठमाडौँ – नेकपा एमाले पुनर्गठन कार्यदलको बैठक मंगलबार (आज) बस्दैछ। कार्यदलको बैठक मंगलबार १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने तय भएको सचिव छविलाल विश्वकर्माले जानकारी दिए । जेठ १० गते सचिवालयको आठौं बैठकले पार्टीलाई वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा एकताबद्ध बनाउन पार्टी शुद्धीकरण, सुदृढीकरण तथा रूपान्तरण सहितको पुनर्गठन कार्ययोजना तयार गर्न कार्यदल बनाएको थियो ।

उपाध्यक्ष रामबहादुर थापा ’बादल’ को नेतृत्वमा रहेको उक्त १५ सदस्यीय कार्यदलले एक महिनाभित्र प्रतिवेदन बुझाइसक्नुपर्ने समयसीमा तोकिएको छ । पहिलो बैठक नै १५ दिनपछि बस्न लागेको हो । बैठकले कार्यविधि तय गरेर प्रदेश, प्रदेश र आवश्यक परे जिल्ला जिल्लामा गएर सुझाव संकलन गर्ने तयारी गरेको छ।

प्रतिक्रिया दिनुहोस्