Skip to content

गृहमन्त्री भएलगत्तै सुधन गुरुङले गरेका चार निर्णय के हुन् ?

काठमाडौं – गृहमन्त्रीमा कमब्याक गरेलगत्तै सुधन गुरुङले चारवटा महत्त्वपूर्ण निर्णय गरेका छन् । आज पदभार ग्रहणपछि पत्रकार सम्मेलन गर्दै उनले आफ्नो निर्णयबारे जानकारी गराए । गृहमन्त्री गुरुङले जेनजी आन्दोलनका क्रममा भएका घटनामा फौजदारी अभियोजन भएकाहरूको मुद्दा फिर्ता गर्न कार्यदल बनाउने निर्णय भएको जानकारी दिए । कार्यदलले मुद्दा फिर्ता गर्न सकिने–नसकिने सिफारिस सहितको प्रतिवेदन दिने उनको भनाइ थियो ।

गुरुङले २०५८ सालमा भएको दरबार हत्याकाण्डको थप छानबिन गर्नेसमेत घोषणा गरेका छन् । यो उनको दोस्रो निर्णय हो । राजदरबार हत्याकाण्डबारे यसअघिका भएका अनुसन्धान प्रतिवेदन अध्ययन गरी थप छानबिनको प्रक्रिया अगाडि बढाउने निर्णय भएको उनले जानकारी दिए । गृहमन्त्रालय र सुरक्षा निकायबाट संवेदनशील सूचना चुहावट हुन नदिन सूक्ष्म निगरानी गरी कारबाही गर्न सेन्सिटिभ इन्फर्मेसन भिजलेन्ट टिम गर्ने गृहमन्त्रीको अर्को निर्णय छ । यस्तै, उनले नेपाल प्रहरी अन्तरगत रहेको केन्द्रीय अनुसन्धान ब्यूरोलाई थप सशक्त र प्रभावकारी बनाउन हाल प्रक्रियामा रहेका अनुसन्धान फाइलहरूलाई शीघ्र टुंगोमा पुर्‍याउन निर्देशन दिइने बताए । गम्भीर प्रकृतिका मुद्दा अनुसन्धान गर्न ब्यूरोमा मुद्दाको प्रकृति अनुसार विशिष्टीकृत समूह गठन गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्