Skip to content

सीमा विवादबारे प्रधानमन्त्रीको लिखित स्टेटमेन्ट माग, विपक्षी असन्तुष्ट

काठमाडौं — विपक्षी दलहरूले नेपाल–भारत सीमा मिचिएको विषयमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) संसदमा भौतिक रूपमा उपस्थित हुन नसक्ने भए लिखित स्टेटमेन्ट उपलब्ध गराउन माग गरेका छन् । बुधबार रास्वपाका सभापति रवि लामिछानेसँग भएको छलफलमा विपक्षी दलहरूले उक्त माग राखेका हुन् ।

छलफलका क्रममा सभापति लामिछानेले सरकारको तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनालले संसदमा जवाफ दिने प्रस्ताव अघि सारेका थिए । प्रधानमन्त्रीले अर्को सन्दर्भमा संसदमा उपस्थित भएर थप स्पष्ट पार्न सक्ने उनको भनाइ रहेको बैठकमा सहभागी स्रोतले जनाएको छ । तर विपक्षी दलहरूले उक्त प्रस्तावप्रति असहमति जनाएका छन्। उनीहरूको भनाइमा सीमा जस्तो संवेदनशील विषयमा प्रधानमन्त्री स्वयंले धारणा सार्वजनिक गर्नुपर्ने वा कम्तीमा औपचारिक लिखित स्टेटमेन्ट दिनुपर्ने आवश्यकता रहेको छ । बैठकमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, प्रमुख सचेतक वासना थापा, एमालेका प्रमुख सचेतक ऐन महर, नेकपाका प्रमुख सचेतक युवराज दुलाल तथा राप्रपाकी खुश्वु ओली सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्