Skip to content

कांग्रेसको नयाँ सदस्यता वितरण खुला रहने

काठमाडौँ – संगठनलाई सुदृढ, व्यवस्थित र प्रविधिमैत्री बनाउने उद्देश्यका साथ शुरू भएको क्रियाशील सदस्यता अद्यावधिक कार्यमा देशभर उत्साहजनक सहभागिता देखिएको नेपाली कांग्रेसले जनाएको छ । कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिअनुसार पार्टीको क्रियाशील सदस्यता अद्यावधिक गर्न योग्य कुल ७ लाख ८२ हजार २०९ सदस्यहरूमध्ये गएराति १२ बजेसम्ममा ५ लाख ३८ हजार ६ सय २२ जनाले डिजिटल परिचयपत्र प्राप्त गरिसकेका छन् ।

यसैगरी, १ लाख ४९ हजार ३ सय ९ जना सदस्यहरूले स्वयं अद्यावधिक फारम पेश गरिसकेको र हाल उनीहरूको विवरण वडा सभापतिमार्फत अद्यावधिक कार्यको प्रक्रियामा रहेको कांग्रेसले जनाएको छ । इन्टरनेटको पहुँचभन्दा बाहिर रहेका उच्च हिमाली क्षेत्रका केही जिल्लाहरू, विकट पहाडी भूभाग, बारा र खोटाङका साथै विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूमा भइरहेको अद्यावधिक कार्यलाई अझ थप व्यवस्थित बनाइने विज्ञप्तिमा उल्लेख छ । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण कार्य भने अर्को सूचना जारी नभएसम्म खुल्ला नै रहने स्पष्ट पारेको छ ।

 

प्रतिक्रिया दिनुहोस्