ललितपुर – महालक्ष्मी नगरपालिकाको आर्थिक सहयोग तथा युनिटी क्लबको आयोजनामा सञ्चालन गरिएको “दुबोको माला र साइपाटा बनाउने तालिम” सफलतापूर्वक सम्पन्न भएको छ । शुक्रबार समापन कार्यक्रममा बोल्दै महालक्ष्मी नगरपालिकाकी उपप्रमुख लक्ष्मी महर्जनले यस्ता सीपमूलक तथा आयआर्जनमूलक कार्यक्रमले स्थानीय महिलाहरूको आर्थिक सशक्तीकरण र आत्मनिर्भरता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने बताइन् । उपप्रमुख महर्जनले तालिममा सहभागी महिलाहरूले सिकेको सीपलाई व्यवहारमा उतार्दै स्वरोजगार तथा उद्यमशीलताको मार्ग रोज्ने विश्वास व्यक्त गरिन् । उनले सीप विकासमार्फत समुदायको आर्थिक अवस्था सुदृढ बनाउने नगरपालिकाको उद्देश्य रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिइन् ।
उपप्रमुख महर्जनले “आत्मनिर्भर समुदाय निर्माणका लागि सीप विकास नै प्रभावकारी आधार हो” भन्दै महालक्ष्मी नगरपालिका स्थानीय नागरिकको क्षमता विकास र आयआर्जनसँग जोडिएका कार्यक्रम सञ्चालनमा निरन्तर प्रतिबद्ध रहने बताइन् ।





प्रतिक्रिया दिनुहोस्