विराटनगर – नेपाली कांग्रेसको संस्थापन इतर पक्षले आइतबार आयोजना गर्ने कोशी प्रदेशस्तरीय भेलामा सहभागी हुन नेता डा. शेखर कोइराला र पूर्व महामन्त्री डा. शशांक कोइराला विराटनगर पुगेका छन् । भेलाको पूर्वसन्ध्यामा विराटनगरस्थित कोइराला निवासमा दाजुभाइ डा. शेखर र डा. शशांक कोइराला एकसाथ देखिएका छन् । कोशी प्रदेशका कांग्रेस नेता–कार्यकर्तासँग छलफल तथा भेलाको तयारीका लागि उनीहरू विराटनगर पुगेका हुन् । संस्थापन इतर पक्षले आयोजना गर्न लागेको उक्त भेलालाई कांग्रेसभित्रको समसामयिक राजनीतिक परिस्थिति, सङ्गठन सुदृढीकरण तथा पार्टी एकतासम्बन्धी विषयमा केन्द्रित हुने बताइएको छ । भेलामा डा. शेखर कोइराला, डा. शशांक कोइरालासहित संस्थापन इतर पक्षका अन्य नेताहरूले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ।




प्रतिक्रिया दिनुहोस्