Skip to content

बागमती मन्त्रिपरिषद्ले गर्‍याे मानव उद्धार पुनःस्थापना कार्यविधि स्वीकृत

काठामाडौँ – बागमती प्रदेश सरकारले सडक आश्रित सहयोगी अपेक्षित मानव उद्धार पुनःस्थापना तथा व्यवस्थापन कार्यविधि स्वीकृत गरेको छ । आइतबारको प्रदेश सरकारकाे मन्त्रिपरिषद् बैठकले मानव उद्धार पुनःस्थापना तथा व्यवस्थापन कार्यविधि स्वीकृत गरेको खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री कृष्णकुमार तामाङले बताए । बैठकले बागमती मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिव पदमा उमेशकुमार ढकाललाई जिम्मेवारी तोकि पदस्थापना गर्ने निर्णयसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्