Skip to content

नेपाल–भारत सीमामा आवश्यक परे पर्खाल वा काँडेतार लगाउनुपर्छ : आशिका तामाङ

काठमाडौँ – सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले आवश्यक परे नेपाल–भारत सीमामा पर्खाल वा काँडेतार लगाउन माग गरेकी छन् । सोमबारको प्रतिनिधिसभाको बैठकमा बैठकमा बोल्दै सांसद तामाङले यदि राज्यले आफ्नो भूमिको रक्षा गर्न सकेन भने त्यसले देशको सार्वभौमिकतामै प्रश्न उठाउने बताइन् । ‘आवश्यक परे दुई देशको सहमतिमा सीमावर्ती क्षेत्रमा वाल लगाउनुपरे वाल नत्र भने काँडेतार भने पनि लगाइयोस्,’ उनले भनिन् । कुनै पनि राष्ट्रको सार्वभौमिताको आधार भनेकै आफ्नो भू–भागको संरक्षण र सीमाको सुरक्षाको सुनिश्चितता भएको सांसद तामाङले भनाइ छ ।

नेपाल सरकारले सीमासम्बन्धी सत्यतथ्य छानबिन गरी आवश्यक कूटनीतिक पहल गरी सीमा विवाद समाधानको काम अगाडि बढाउन उनको आग्रह छ । ‘लिपुलेक, लिम्पियाधुरा र कालापानीजस्ता क्षेत्रहरू नेपालका क्षेत्रहरू नेपालको नेपालको राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डतासँग जोडिएको संवेदनशील विषय हुन्’, उनले भनिन् । सुस्तामा देखिएको समस्याको बारेमा सरकारले अपनाउने रणनीतिको बारेमा जानकारी दिन आवश्यक रहेको उनले बताइन् । ‘पछिल्लो समय त्यहाँ भारतीय सशस्त्र सीमा बल (एसएसबी) का गतिविधि तथा स्थनीय नागरिकलाई धम्क्याइएको भन्ने समाचार सार्वजनिक भएका छन् । यस घटनाको वास्तविकता के हो ? सरकारले यसबारे के कस्ता कदम चालेको छ ? आगामी रणनीति के छ भन्ने विषयमा जानकारी दिन आवश्यक छ,’ उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस्