Skip to content

सुदूरपश्चिमका अर्थमन्त्री विक्रम धामीले सार्वजनिक गरेको बजेटमा के छ ? (हेर्नुहोस् पूर्णपाठ)

काठमाडौँ – सुदूरपश्चिम प्रदेश सरकारले बल्ल आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यको पूर्ण पाठ सार्वजनिक गरेको छ । सोमबार मध्यराति प्रदेशका आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले ३७ अर्ब ७० करोडको वार्षिक बजेट प्रस्तुत गरेका थिए । तर, उक्त बजेट वक्तव्य भने सार्वजनिक गरिएको थिएन । प्रदेश सरकारले मंगलबार राति मात्र बजेट वक्तव्यको पूर्ण पाठ सार्वजनिक गरेकाे हाे ।

यसअघि बजेट वक्तव्यको पूर्ण पाठ सार्वजनिक नगरिएपछि नेकपाले वक्तव्य माग गर्दै अर्थ मन्त्रालय र सभामुखलाई निवेदन दिएको थियाे । दलका उपनेता प्रकाश रावलले प्रदेशसभामा प्रस्तुत गरिएको बजेट वक्तव्य तथा त्यससँग सम्बन्धित विधेयकहरू अध्ययनका लागि उपलब्ध गराउन निवेदन दिएका थिए ।

बजेटको पूर्णपाठ पढ्न यहाँ क्लिक गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्