Skip to content

रास्वपा सुदूरपश्चिममा सभापतिबाहेकका पदाधिकारी सर्वसम्मत

धनगढी – राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सुदूरपश्चिम प्रदेश सभापति बाहेकका सबै पदाधिकारी सर्वसम्मत चयन भएका छन् । मतदान प्रक्रियामार्फत सभापतिमा इन्जिनियर प्रकाश विष्ट प्रतिनिधि सभा सदस्य जनक सिंह धामीलाई पराजीत गर्दै विजयी भएपछि अन्य पदाधिकारी भने सर्वसम्मत चयन भएका हुन् ।

उपसभापतिमा भोजराज जोशी, महामन्त्रीमा सन्तोश जोशी, सहमहामन्त्रीमा जसु भट्ट, पारस बाहुन, प्रवक्तामा तेज ठकुल्ला र कोषाध्यक्षमा गणेश बोहरा सर्वसम्मत निर्वाचित भएको रास्वपाले जनाएको छ । उनीहरु मध्ये सहमहामन्त्री बनेका पारस बाहुन यसअघि महामन्त्री थिए । पार्टीमा गुटबन्दी गरेको आरोपमा उनलाई तत्कालीन समयमा महामन्त्रीबाट रास्वपाले बर्खास्त गरेको थियो । रास्वपाको धनगढी महाधिवेशनमा सभापतिसहित १६ भूगोल, १५ खुला र समावेशी सदस्य भने मतदान प्रक्रियाबाट चयन गरेको थियो । सदस्यमा निर्वाचित भएका मध्येबाट पदाधिकारीमा उम्मेदवार बन्ने प्रावधमन रास्वपाको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्