काठमाडौँ – दाङमा खुकुरी देखाएर युवतीमाथि कुटपिट गर्ने एक युवक पक्राउ परेका छन् । युवकले तुलसीपुरमा एक युवतीलाई खुकुरी देखाएर कुटपिट गरेको भिडिओ सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका-२ भंकेका २४ वर्षीय रमेश ठाडा मगर छन् । प्रहरीका अनुसार उनी लागु औषधसहित पक्राउ परेका हुन् । घटना तीन महिना अघिको रहेको पनि प्रहरीले जनाएको छ ।
युवतीलाई जंगल क्षेत्रमा लगेर खुकुरी देखाई डर-धम्की दिँदै कुटपिट गरेको भिडिओ मंगलबार बेलुका २०:३० बजे आफ्नै फेसबुक आईडीमार्फत सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । भिडिओ सार्वजनिक भएपछि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको टोलीले मंगलबार २२:४० बजे उनकै घरबाट लागुऔषधसहित नियन्त्रणमा लिएको हो । सोही क्रममा तुलसीपुर -०२ बालापुर बस्ने २१ वर्षीय जिबराज खत्रीलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्