काठमाडौँ – नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई प्रहरीले पक्राउ गरेको छ। बिहीबार जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरी टोलीले काेइरीलाई पक्राउ गरेकाे हाे । कोईरीलाई महाेत्तरीकै गौशाला नगरपालिका–५ एमाले पार्टी कार्यालय अगाडिबाट पक्राउ पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक(डीएसपी) पञ्चलाल गोलेले बताए ।
उनका अनुसार वि.सं. २०७२ भदौ २५ गते डिउटीमा खटिएको सशस्त्र प्रहरी सहायक निरीक्षक थमन बि.क.को हत्या गरेको भन्ने कर्तव्य ज्यान मुद्दाको सम्बन्धमा उनलाई पक्राउ गरिएको हो । महोत्तरी जिल्ला अदालतको २०८० मंसिर २८ गतेको फैसला उल्ट्याएर उच्च अदालत जनकपुर बुधबार पाँच वर्ष कैद सजाय ठहर गरेको थियो। प्रहरीले सोही आदेश कार्यान्वयनका लागि कोइरीलाई पक्राउ गरेको हो । उनलाई आवश्यक कारबाहीकाे लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा ल्याइएको छ ।



प्रतिक्रिया दिनुहोस्