काठमाडौं – काठमाडौं राहदानी विभाग अगाडि पेट्रोल खन्याएर आफूलाई जलाउन खोजेका व्यक्तिको वीर अस्पतालमा उपचार भइरहेको छ । इमर्जेन्सीमा भर्ना भएका २५ वर्षीय गणेश नेपालीको अहिले आइसियूमा राखेर उपचार भइरहेको वीर अस्पतालका सूचना अधिकारी ताराबहादुर कुँवरले जानकारी दिए ।
उनका अनुसार उनको स्वास्थ्य अवस्था गम्भीर छ । ‘६५ प्रतिशत शरीरको भाग जलिसकेको छ,’ उनले भने, ‘उपचार भइरहेको छ ।’ उनका अनुसार नेपाली पठाओ चालक हुन् । ‘राहदानी विभाग अगाडि मोटरसाइकल पार्किङ गरिरहँदा महानगर प्रहरीले ह्विल लक लगाएपछि सोही बाइकको पेट्रोल निकालेर ज्यानमा खन्याएको जानकारीमा आएको छ,’ उनले भने ।



प्रतिक्रिया दिनुहोस्