Skip to content

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक सिंहदरबारमा बस्दै

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दै छ । बैठक सिंहदरबारस्थित लेखा समितिकाे बैठक कक्षमा बिहान ८ बजे बस्न लागेको हो । बैठकमा सुनसरी घटनालगायतका विषयमा छलफल हुने रास्वपा महामन्त्री विपिनकुमार आचार्यले जानकारी दिए । बैठकमा संसदमा रहेका सबै दलसहित मधेशकेन्द्रित दलका नेताहरू उपेन्द्र यादव, महन्थ ठाकुर, सीके राउत नेतृत्वकाे पार्टीलाई पनि आमन्त्रण गरिएकाे छ ।

बैठकबारे महामन्त्री आचार्यले भने, ‘अत्यन्तै संवेदनशील र दुःखद् घटना तथा त्यसले निम्त्याएको असहज अवस्थामा सामाजिक रूपमा फैलन सक्ने द्वेष न्यूनीकरण गरी सद्भाव र शान्ति सुरक्षा कायम गर्न प्रशासनिक प्रयास जारी रहँदा राजनीतिक रूपमा पनि सामूहिक सन्देश र अपिलकाे आवश्यकताबाेध भएकाले छलफल आयाेजना गरेका हाैँ ।’

प्रतिक्रिया दिनुहोस्