Skip to content

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको स्वास्थ्यमा गडबडी, अस्पताल भर्ना

पूर्वप्रधानमन्त्री डा‍. बाबुराम भट्टराईको स्वास्थ्यमा गडबडी भएको छ । मंगलबार राति अकस्मात स्वास्थ्यमा गडबडी भएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको छोरी मानुषी यामीले जानकारी दिइन् । यामीका अनुसार भट्टराईलाई मंगलबार बेलुका तीव्र चक्कर वान्ता भएको थियो । त्यसपछि उनलाई उपचारका लागि ग्रान्डी अस्पताल लगिएको थियो । उनमा Benign paroxysmal positional vertigo (BPPV) को लक्षण देखिएको छ ।

अहिले उनको स्वास्थ्य सुधारोन्मुख छ ।

प्रतिक्रिया दिनुहोस्