Skip to content

प्रधानमन्त्रीले बोलाए राष्ट्रिय सुरक्षा परिषद्काे बैठक

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएका छन् । बिहीबार बिहान साढे ११ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरक्षा परिषद्को बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा पछिल्लो समयमा उत्पन्न परिस्थिति र समसामयिक विषयमा छलफल हुने बताइएको छ । सुरक्षा परिषदमा प्रधानमन्त्री, रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचिव, प्रधान सेनापति र रक्षा मन्त्रालयका सचिव रहने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्