Skip to content

प्रधानमन्त्री बालेनको अपिल : सामाजिक सद्भाव कायम राख्न सबै नागरिक जिम्मेवार बनौँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले सामाजिक सद्भाव कायम राख्न सबै नागरिकलाई जिम्मेवार भूमिका निर्वाह गर्न अपिल गरेका छन् । सुनसरीको कप्तानगञ्ज घटनापछि देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले यस्ताे आग्रह गरेका हुन् । ‘हामी सबैले जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्दै यो सुन्दर र शान्त नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउनुपर्नेछ,’ अपिलमा भनिएको छ । अशान्ति र विभाजनको अवस्था अन्त्य गर्दै आपसी एकता, शान्ति र सद्भाव कायम राख्न सबै पक्षको सहयोग आवश्यक रहेको पनि उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्