सुनकोशी नदीमा कार खसेको छ । सोमबार बिहान फिक्कल गाउँपालिका-२ नवलपुर भन्ने ठाउँमा विपरीत दिशाबाट आइरहेको बसले ठक्कर दिँदा कार नदीमा खसेको हो । कारभित्र कति यात्रुहरू थिए भन्ने यकिन छैन। घटनास्थलमा प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी विजय श्रेष्ठले जानकारी दिए । ‘कार खसेकोबारे विस्तृत विवरण आइसकेको छैन। प्रहरीको टोली भर्खर घटनास्थलमा पुगेको छ,’ डिएसपी श्रेष्ठले भने ।



प्रतिक्रिया दिनुहोस्