Skip to content

प्रहरीले भन्यो- देउवाविरुद्ध मुद्दाबारे रेकर्ड हेरिरहेका छौँ

काठमाडौँ – नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किने तयारीमा रहेका बेला उनी विरुद्ध कुनै कानुनी मुद्दा वा पक्राउ पुर्जी रहे–नरहेको विषयमा अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता अविनारायण काफ्लेले देउवाविरुद्ध मुद्दा वा पक्राउ पुर्जी रहे–नरहेको विषयमा रेकर्ड हेरिरहेको बताएका हुन् । सञ्चारकर्मीले देउवा स्वदेश फर्किएपछि उनलाई पक्राउ गर्ने वा अनुसन्धानको दायरामा ल्याउने कुनै आधार छ कि छैन भनेर प्रश्न गरेपछि जवाफमा उनले भने, ‘हामीले यसबारे रेकर्डहरू हेरिरहेका छौँ। के छ, हेरेर आवश्यकताअनुसार कारबाही प्रक्रिया अघि बढाउँछौँ।’ यसअघि बिहीबार कांग्रेसका नेता प्रकाशशरण महतले देउवा साउन २६ गते नेपाल फर्किने बताएका बताएका थिए । देउवा लामो समयदेखि विदेशमा बस्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्