काठमाडौँ – बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी ३ भदौभित्र प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । मुख्यमन्त्री बानियाँले विश्वासको मत लिने मितिबारे शनिबार बसेको नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले निर्णय गरेको हो । बैठकले ३ भदौभित्रै विश्वासको मत लिने टुंगो लगाएको छ ।
गत ६ साउनदेखि अल्पमतमा रहेका मुख्यमन्त्री बानियाँले संवैधानिक व्यवस्थाअनुसार ४ भदौभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ । सोही बाध्यतालाई ध्यानमा राख्दै कांग्रेस संसदीय दलले एक दिनअघि नै विश्वासको मत लिने निर्णय गरेको हो । मुख्यमन्त्री बानियाँले विश्वासको मत प्राप्त गर्न सत्ता साझेदार तथा अन्य दलसँग आवश्यक छलफल र समन्वय अघि बढाउने तयारी गरेका छन् । बैठकले विश्वासको मत लिनु एक दिन अगाडि नै हेटौंडामा उपस्थित हुन सांसदहरुलाई ह्विप जारी गरेको छ ।



प्रतिक्रिया दिनुहोस्