काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारका मन्त्रीहरूले महिनामा कम्तिमा एक पटक अनिवार्य रूपमा नागरिक र पार्टी पंक्तिसँग प्रत्यक्ष संवाद गर्नुपर्ने व्यवस्था गरेको छ ।
सहमहामन्त्री एवं प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहले भदौ महिनादेखि मन्त्रीहरूले पार्टी कार्यालयमा भेटघाट सुरू गर्ने जनाएका हुन् । शाहले जारी गरेको विज्ञप्तिमा पहिलो चरणमा अपराह्न ५ बजेदेखि ६ बजेसम्म नागरिकका लागि खुला रहने उल्लेख छ। दोस्रो चरणमा साँझ ६ बजेपछि मन्त्री पार्टीका केन्द्रीय सदस्य र प्रतिनिधि सभाका सांसदहरुको संयुक्त बैठक बस्नेछ ।
नागरिक, सरकारका मन्त्री र सांसदबीचको समन्वय चुस्त बनाउने उद्देश्यले भेटवार्ता सुरू गर्न लागिएको विज्ञप्तिमा उल्लेख छ । साथै यसले मन्त्रीहरूलाई नागरिकसँग जबाफदेहि बनाउने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्