Skip to content

पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गरिनु लोकतन्त्रको उपहास हो- प्रचण्ड

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गरिनुलाई लोकतन्त्रको उपहास भनेका छन् ।  बिहीबार बिहान सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले पत्रकार श्रेष्ठलाई पक्राउ गरिएको घटनामा विरोध जनाएका हुन् । ‘… किशोर श्रेष्ठलाई समाचार लेखेकै आधारमा निश्चित विधि र प्रक्रिया नअपनाई राज्यद्वारा धरपकड गरिनु लोकतन्त्रको उपहास हो,’ प्रचण्डले फेसबुकमा लेखेका छन्।

उनले पत्रकार श्रेष्ठलाई तत्काल रिहा गर्न पनि माग गरेका छन् । श्रेष्ठलाई काठमाडौं प्रहरी परिसरको टोलीले बुधबार बेलुकी ललितपुरको नख्खुबाट पक्राउ गरेको हो । उनलाई वैयक्तिक गोपनीयता सम्बन्धी कसुर मुद्दामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । श्रेष्ठ जनआस्था साप्ताहिकका अध्यक्ष हुन् ।

प्रतिक्रिया दिनुहोस्