काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा ५ महिनापछि स्वदेश फर्केका छन् । पूर्वप्रधानमन्त्री देउवा आज स्वदेश फर्केका हुन् ।
उनी केहीबेर अघि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । पूर्वप्रधानमन्त्री देउवालाई विमानस्थलमै नेताहरू पूर्णबहादुर खड्का, शशांक कोइराला, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, ज्ञानेन्द्रबहादुर कार्की, मोहनबहादुर बस्नेत, मीनबहादुर विश्वकर्मा, जितजंग बस्नेत, कान्तिका सेजुवाल, ईश्वरी न्यौपाने लगायतले स्वागत गरेका थिए । देउवा गत फागुनदेखि उपचारका सिलसिलामा सिंगापुर र हङकङ थिए। हङकङबाट थाइल्याण्ड हुँदै देउवा आज नेपाल आएका हुन् ।
देउवालाई बाजागाजासहित स्वागत गरिएको नेताहरूले जनाएका छन्। बूढानीलकण्ठस्थित निवास भदौ २४ मा आगजनी भएको थियो। त्यसबेला देउवा दम्पतीमाथि कुटपिटसमेत भएको थियो । देउवा परिवार घर भाडामा लिएर महाराजगञ्जमा बस्दै आएका थिए ।
Photo : NPL



प्रतिक्रिया दिनुहोस्