काठमाडौं – काठमाडौंको पेप्सीकोलामा ‘रितु ब्युटी एकेडेमी’ सञ्चालनमा आउने भएको छ। पेप्सीकोला फुटबल ग्राउण्ड नजिकै सञ्चालनमा आउन लागेको एकेडेमीको औपचारिक उद्घाटन भाद्र महिनाभित्र गरिने तयारी गरिएको छ। ब्युटिसियनसम्बन्धी सीप तथा सौन्दर्य सेवाका लागि एउटै ठाउँबाट सुविधा उपलब्ध गराउने उद्देश्यले एकेडेमी सञ्चालनमा ल्याउन लागिएको सञ्चालक रितु भट्टराईले जानकारी दिइन् । उनका अनुसार एकेडेमीमा सौन्दर्यसम्बन्धी विभिन्न सेवा उपलब्ध गराउनुका साथै ब्युटिसियन पेसामा आबद्ध हुन चाहने तथा सीप विकास गर्न इच्छुक महिलाहरूलाई लक्षित गरी व्यावहारिक तथा व्यावसायिक प्रशिक्षणसमेत प्रदान गरिनेछ ।
रितु ब्युटी एकेडेमीले विगत ११ वर्ष देखि महिलाहरुलाई सौन्दर्य सम्बन्धी सेवा दिदै आइरहेको छ भने अब देखि पुरुषहरुको लागि समेत सेवा संचालन हुँदै छ । यहाँ हेयर कटिङ, हेयर स्टाइलिङ, हेयर कलरिङ, क्लिनअप, मेनिक्योर–पेडिक्योर, तथा मेकअप लगायतका सौन्दर्यसम्बन्धी सेवाहरू उपलब्ध हुने बताइएको छ । त्यस्तै, ब्राइडल मेकअप, पार्टी मेकअप, स्किन केयर तथा हेयर केयर सम्बन्धी विशेष सेवामा समेत ध्यान दिइने सञ्चालक भट्टराईले बताइन् । सञ्चालक भट्टराईका अनुसार ब्युटीसम्बन्धी कामलाई केवल सौन्दर्य सेवाका रूपमा नभई सीप, रोजगारी र आत्मनिर्भरतासँग जोड्ने उद्देश्य पनि एकेडेमीको रहेको छ ।
‘ब्युटिसियन पेसामा राम्रो सम्भावना छ। सीप सिकेर आफ्नै व्यवसाय सञ्चालन गर्न सक्ने वातावरण बनाउनुपर्छ भन्ने उद्देश्यले रितु ब्युटी एकेडेमी सुरु गर्न लागेका हौँ,’ भट्टराईले भनिन्, ‘ग्राहकलाई गुणस्तरीय सेवा दिने र ब्युटिसियन बन्न चाहनेहरूलाई व्यवहारिक रूपमा दक्ष बनाउने हाम्रो प्राथमिकता हो ।’ एकेडेमीले नयाँ पुस्ताका युवती तथा महिलालाई लक्षित गर्दै आधुनिक प्रविधि र पछिल्लो समयका सौन्दर्य ट्रेन्डअनुसार सेवा तथा प्रशिक्षण दिने तयारी गरेको छ । दक्ष जनशक्ति उत्पादनसँगै स्थानीय स्तरमै रोजगारी र स्वरोजगारको अवसर सिर्जना गर्ने लक्ष्यसमेत राखिएको सञ्चालक भट्टराईको भनाइ छ । यसैबीच, एकेडेमीले सञ्चालनको सुरुवातसँगै तीज विशेष अफर समेत सार्वजनिक गरेको छ । तीजलाई लक्षित गर्दै विभिन्न ब्युटी तथा मेकअप सेवामा ५० देखि ६० प्रतिशत छुट तथा अफर उपलब्ध गराइएको सञ्चालक भट्टराईले जानकारी दिइन् । पछिल्लो समय पेप्सीकोला क्षेत्रमा सौन्दर्य सेवा तथा ब्युटिसियनसम्बन्धी तालिमको माग बढिरहेका बेला सञ्चालनमा आउन लागेको रितु ब्युटी एकेडेमीले स्थानीय ग्राहक तथा सीप सिक्न चाहनेहरूलाई लक्षित गर्ने जनाएको छ । औपचारिक उद्घाटनसँगै थप सेवा र प्रशिक्षण कार्यक्रम विस्तार गर्ने तयारीसमेत गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्