Skip to content

प्रधानमन्त्रीको सचिवालयका तीन जनालाई मन्त्रीसरहको सुविधा

काठमाडौँ – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयले प्रधानमन्त्रीको सचिवालयको विवरण सार्वजनिक गरेको छ । प्रधानमन्त्री कार्यालयले शुक्रबार सचिवालयको विवरण सार्वजनिक गरेको हो । सार्वजनिक विवरणमा चार जना सल्लाहकार, एक जना विज्ञ र २० जना स्वकीय रहेका छन् । सचिवालयमा तीन जना पदाधिकारीलाई मन्त्रीसरहको सुविधा तोकिएको छ । जसमा मुख्य सल्लाहकार कुमार ब्याञ्जनकार, राजनीतिक सल्लाहकार असिम साह र स्वास्थ्य सल्लाहकार प्रा.डा. जगदिश प्रसाद अग्रवाल रहेका छन् ।

त्यस्तै, नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल र सूचना तथा सञ्‍चार प्रविधि सल्लाहकार विवेक मिश्रलाई राज्यमन्त्रीसरहको सुविधा दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्