नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि डा. सुनील शर्मा मोरङ–३ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । मोरङ–३ मा भएको निर्वाचनमा खसेका ७९० सदरमतमध्ये शर्माले ६५० मत प्राप्त गरेका हुन्। यो कुल सदरमतको ८२ दशमलव २८ प्रतिशत हो ।
शर्माको महाधिवेशन यात्रा भने वडा तहबाटै सर्वसम्मत रूपमा अघि बढेको थियो। उनी बेलबारी नगरपालिका–४ बाट वडा प्रतिनिधिमा सर्वसम्मत चयन भएका थिए। त्यसपछि मोरङ–३ बाट उल्लेख्य मतसहित केन्द्रीय महाधिवेशन प्रतिनिधि बनेका हुन् । कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने तयारीमा रहेको चर्चा यसअघि नै हुँदै आएको छ। पार्टीको नयाँ नेतृत्व र पदाधिकारी चयनबारे बहस चलिरहेका बेला शर्माले महामन्त्री पदमा आफ्नो दाबी प्रस्तुत गर्ने तयारी गरिरहेको बताइँदै आएको छ । स्वास्थ्य, शिक्षा तथा सामाजिक सेवाका क्षेत्रमा सक्रिय शर्मा पछिल्लो समय कांग्रेसभित्र नेतृत्वको भूमिकालाई लिएर पनि चर्चामा छन् ।
नेपाली कांग्रेसको राजनीतिमा शर्मा २०५४ सालदेखि सक्रिय रहँदै आएका छन्। उनी १३औँ महाधिवेशनदेखि महासमिति सदस्यसमेत रहँदै आएका छन्। अहिले भने उनी कांग्रेसको १५औँ महाधिवेशन प्रक्रियामा केन्द्रीय महाधिवेशन प्रतिनिधिका रूपमा अघि बढेका छन्।
महामन्त्रीका आकांक्षीका रूपमा शर्माको नाम चर्चामा रहेका बेला मोरङ–३ बाट उनले प्राप्त गरेको ६५० मतले उनको राजनीतिक यात्राप्रति थप चासो बढाएको छ । शर्माले नेता तथा कार्यकर्ताबीचको दूरी घटाएर प्रत्यक्ष रूपमा जनतासँग जोडिएर राजनीति गर्नुपर्ने मान्यता राख्दै आएका छन्। राजनीति जनतासँग प्रत्यक्ष जोडिनुपर्ने र उनीहरूका समस्या तथा आवश्यकतासँग नजिक रहेर काम गर्नुपर्ने उनको धारणा छ ।



प्रतिक्रिया दिनुहोस्