काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दै छ । सभापति रवि लामिछानेको अध्यक्षतामा बस्ने बैठक दिउँसो ३ बजे वनस्थलीमा हुने पार्टीले जनाएको छ । पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार बैठकमा स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्य मनोनयनसम्बन्धी प्रस्तावमाथि छलफल हुनेछ । यस्तै, विभागीय प्रमुख तथा उपप्रमुख मनोनयन, केन्द्रीय समिति र प्रतिनिधि सभा सदस्यको नेतृत्वमा सञ्चालन गरिने ‘हामी आउँदै छौँ’ अभियान तथा मधेस प्रदेश संगठनको अडिट रिपोर्ट बैठकका कार्यसूचीमा रहेका छन् । बैठकमा अन्य विविध विषयमा समेत छलफल हुने रास्वपाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्