काठमाडौं – नेपाली कांग्रेसकी नेतृ महालक्ष्मी उपाध्याय ‘डिना’ ले महामन्त्री पदमा उम्मेदवारी दिने भएकी छन् । उनी कांग्रेसको १४औँ महाधिवेशबाट सहमहामन्त्रीमा निर्वाचित भएकी थिइन् । कांग्रेसको १५औं महाधिवेशन आइतबारदेखि काठमाडौंमा सुरु भएको छ । कांग्रेसका अनुसार आजदेखि बन्दसत्र र निर्वचन कार्यक्रम सुरु हुने कार्यतालिका छ । डिना पूर्वपार्टी सभापति शेरबहादुर देउवा समूहमा थिइन् । संस्थापन पक्षको वडा अधिवेशन सुरु हुनुभन्दा केही दिन अघि मात्रै उनी संस्थापन पक्षमा आएकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्