काठमाडौँ – नेपाली कांग्रेसको महामन्त्री पदमा रञ्जित कर्णले उम्मेदवारी घोषणा गरेका छन् । सप्तरीबाट महाधिवेशन प्रतिनिधि रहेका उनले आज महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका हुन् । उनी राष्ट्रिय सभा सांसद पनि हुन् । कर्णले काठमाडौंमा आज पत्रकार सम्मेलन गरेर महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका हुन् । कांग्रेसमा १ महिलासहित ३ महामन्त्री प्रस्ताव गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्