Skip to content

बुढानीलकण्ठबाट २२ केजी सुन बरामद

काठमाडौँ – काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ केजी सुन बरामद गरेको छ । प्रहरी उच्च स्रोतका अनुसार बिहीबार बुढानीलकण्ठस्थित चपलीबाट उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सुन बरामद गरेको हो ।सुनको सूचना पाएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आज मध्याह्नदेखि अपरेसन चलाइरहेको छ ।

प्रहरी स्रोतका अनुसार सुनमा ‘कनेक्सन’ देखिएका केही मानिसहरूलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाहरूको विवरण आएको छैन । सुन बरामदबारे जानकारी दिन प्रहरीले शुक्रबार दिउँसाे १ बजे पत्रकार सम्मेलन आयोजना गरेकाे छ।

प्रतिक्रिया दिनुहोस्