Skip to content

कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित, कसले कति मत पाए ?

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री पदमा प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला निर्वाचित भएका छन् । खुलातर्फ पौडेलले ४ हजार १९४ मत प्राप्त गर्दै सर्वाधिक मतसहित महामन्त्रीमा जित हासिल गरे । राणा २ हजार ३३० मतसहित दोस्रो महामन्त्रीमा निर्वाचित भए । खुलातर्फका अन्य उम्मेदवारमध्ये डा. सुनिलकुमार शर्माले २ हजार २५७, गुरुराज घिमिरेले १ हजार ५१३, नैनसिंह महरले १ हजार १३४, अमरसिंह पुनले १ हजार १२५, शंकर तिवारीले १२३ र डा. सन्तोष उपाध्यायले ९७ मत प्राप्त गरे ।

महिला महामन्त्रीमा डा. डिला संग्रौला (पन्त) ३ हजार ११८ मत प्राप्त गर्दै निर्वाचित भइन् । उनका प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय (डिना) ले २ हजार ८६४ र रीता खनालले ८०४ मत पाए । कांग्रेसको उपसभापति पदमा चन्द्र भण्डारी, मधु आचार्य र विनोद चौधरी निर्वाचित भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्