Skip to content

कांग्रेस उपसभापतिमा भण्डारी र आचार्य निर्वाचित, समावेशीमा चौधरी विजयी

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट उपसभापति पदमा चन्द्र भण्डारी, मधु आचार्य र विनोद चौधरी निर्वाचित भएका छन् । खुलातर्फ भण्डारीले ३ हजार ७३५ मत प्राप्त गर्दै सर्वाधिक मतसहित उपसभापति पदमा विजय हासिल गरे । आचार्यले २ हजार ३४२ मत प्राप्त गरी उपसभापतिमा निर्वाचित भए । समावेशी उपसभापति पदमा चौधरीले १ हजार ७४५ मत प्राप्त गर्दै जित हासिल गरे ।

खुलातर्फ प्रतिस्पर्धा गरेका गोविन्द भट्टराईले १ हजार ७५२, सुरेन्द्रराज पाण्डेले १ हजार ६७३, धनराज गुरुङले १ हजार ५९६, दीपक गिरीले ९२३ र प्रा. डा. चन्द्रमोहन यादवले ७६० मत पाए । समावेशी उपसभापतिका अन्य उम्मेदवारमध्ये जीवन परियारले १ हजार ६५८, फरमुल्लाह मन्सुरले १ हजार १४४, सीता गुरुङले १ हजार ११२ र रञ्जित कर्णले ५६२ मत प्राप्त गरे । कांग्रेसको महिला उपसभापतिमा पुष्पा भुसाल र वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् । यसैगरी महामन्त्री पदमा प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्