काठमाडौं – नेपाली कांग्रेसको उपसभापतिमा निर्वाचित डा. चन्द्र भण्डारीले आफूलाई विश्वास गरेर अमूल्य मत दिने महाधिवेशन प्रतिनिधिहरूको विश्वास कहिल्यै झुक्न नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । उपसभापतिमा निर्वाचित भएपछि आभार तथा धन्यवाद व्यक्त गर्दै भण्डारीले आफूलाई विश्वास गर्ने महाधिवेशन प्रतिनिधि साथीहरू तथा शुभेच्छुकहरूप्रति हार्दिक कृतज्ञता प्रकट गरेका हुन् ।
उनले सधैँ ‘म’ होइन, ‘हामी’ र ‘हाम्रो’ भन्ने भावनाका साथ अघि बढ्ने बताएका छन्। महाधिवेशन प्रतिनिधिहरूले आफूलाई गरेको विश्वासलाई जिम्मेवारीका रूपमा लिँदै त्यसलाई कायम राख्न प्रतिबद्ध रहेको उनको भनाइ छ । “विश्वासको शिर कहिल्यै झुक्ने छैन,” भण्डारीले भनेका छन् ।



प्रतिक्रिया दिनुहोस्