Skip to content

कांग्रेसमा ३५ वर्षमुनिको केन्द्रीय सदस्यतर्फ मतगणना: सचिन तिमल्सेना पहिलो स्थानमा

नेपाली कांग्रेसको १५औं महाधिवेशनको केन्द्रीय सदस्यहरूको पनि मतगणना जारी छ । मंगलबार बिहानसम्म केन्द्रीय सदस्यको ३५ वर्षमुनिका युवातर्फमा २ हजार मत गणना भएको छ । सात पदका लागि भइरहेको प्रतिस्पर्धामा पहिलो स्थानमा सचिन तिमल्सेना छन्। २ हजार १० मत गणना हुँदा उनले ९२९ मत प्राप्त गरेका छन् ।

दोस्रो स्थानमा सुशिल भट्टले ८८२ मत प्राप्त गरेका छन् । तेस्रोमा ई. अधिषेक आत्रेयले ७९२, चौथोमा आदर्श मल्लले ७८५ र पाँचौंमा डा. आयुष बगालेले ७१८ मत प्राप्त गरेका छन् । त्यस्तै छैटौं स्थानमा ई. रोशन बस्नेतले ६६० मत प्राप्त गरेका छन्। सातौंमा सौगात थापाले ५५२ मत प्राप्त गर्दा उनलाई ई. शैलेश मिश्रले ५२१ मत सहित पछ्याइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्