Skip to content

कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाको शपथ भाेलि २ बजे

काठमाडौँ – नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाको शपथ ग्रहण कार्यक्रम भाेलि शनिबार हुने भएको छ । कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित थापाको शपथ ग्रहण कार्यक्रम शनिबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजना गरिने जनाइएको छ । महाधिवेशनको मतगणना सकिएलगत्तै पार्टीले थापाको शपथ ग्रहणको समय निर्धारण गरेको हो । अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ भने दशैं पछिमात्र गर्ने तयारी कांग्रेसको छ ।

प्रतिक्रिया दिनुहोस्