Skip to content

भारतमा सीजेपी नेता अभिजीत दीपके दोस्रोपटक पक्राउ

काठमाडौं – भारतको ककक्रोच जनता पार्टी (सीजेपी) का नेता अभिजीत दीपके पक्राउ परेका छन्। दिल्ली प्रहरीले शुक्रबार तिरंगा मार्चका क्रममा उनलाई नियन्त्रणमा लिएको हो । सीजेपीकी कानुनी प्रमुख रत्ना सिंहले दीपके पक्राउ परेको जानकारी दिँदै उनलाई एसईएम अदालतमा पेस गरिने बताएकी छन् । उनका अनुसार प्रहरीले दीपकेलाई कहाँ राखेको छ भन्नेबारे अहिलेसम्म जानकारी दिएको छैन। वकिलहरूलाई समेत उनीसँग भेट्न अनुमति नदिइएको सिंहले दाबी गरेकी छन् । समाचार संस्था बार एन्ड बेन्चका अनुसार दिल्ली प्रहरीले भारतीय नागरिक सुरक्षा संहिता (बीएनएसएस) को धारा १२६ र १७० अन्तर्गत दीपकेलाई नियन्त्रणमा लिएको जनाएको छ ।

पछिल्लो छ दिनमा दीपके दोस्रोपटक पक्राउ परेका हुन् । यसअघि अक्टोबर १० मा जन्तरमन्तरमा हुन लागेको प्रदर्शनअघि उनलाई विमानबाटै नियन्त्रणमा लिइएको थियो । तर, त्यसको भोलिपल्ट उनलाई रिहा गरिएको थियो । यसैबीच, सीजेपीसँग आबद्ध आशुतोष रांका र सौरभ दास तिहाड जेलमा न्यायिक हिरासतमा छन् । दिल्लीको विशेष अदालतले अक्टोबर १३ मा उनीहरूलाई पाँच दिनका लागि न्यायिक हिरासतमा पठाएको थियो । उनीहरूलाई सोही दिन बिहान जन्तरमन्तरमा प्रदर्शन गरिरहेका बेला प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्