काठमाडौँ – लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । काठमाडौं जिल्ला प्रहरी परिसरको टोलीले भट्टलाई शनिबार ललितपुरको सानेपाबाट पक्राउ गरिएको हो । भट्ट सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ परेको स्रोतले जनाएकाे छ । भट्टलाई जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको छ ।


प्रतिक्रिया दिनुहोस्