काठमाडौँ – मधेस प्रदेशमा कांग्रेस नेतृत्वको सरकार बनाउन सात वटा दलबीच सहमति भएको छ । शुक्रबार नेपाली कांग्रेसका कृष्णप्रसाद यादवको नेतृत्वमा सरकार बनाउन सात दलबीच सहमति भएको हो ।
सात दलका नेताहरू दाबी पेस गर्न मधेस प्रदेश प्रमुखको कार्यालय पुगेका छन् । सात दलीय गठबन्धनले मुख्यमन्त्रीमा कांग्रेका नेता कृष्णप्रसाद यादवको नाम टुंगो लगाएको लोसपाका सांसद उपेन्द्र महतोले जानकारी दिए । प्रदेश प्रमुखले दिएको समयभित्रै दावी पेश गर्ने तयारी भइरहेको छ ।




प्रतिक्रिया दिनुहोस्