काठमाडौँ – नेपाली कांग्रेसको १५औं महाधिवेशन वैशाख २८-३१ गते गर्ने प्रस्ताव गरिएको छ । सानेपामा जारी केन्द्रीय सम्पादन समितिको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नयाँ मिति प्रस्ताव गरेको बुझिएको छ । यसअघि मंसिर १५ गतेको केन्द्रीय समितिको बैठकले पुस २६-२८ गते महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर उक्त निर्णयअनुसारको महाधिवेशन तालिका प्रभावित भइसकेपछि अहिले पुन: नियमित महाधिवेशनको नयाँ मिति प्रस्ताव गरिएको छ ।
महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा भने ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेअनुसार विशेष महाधिवेशन पुसभित्रै गर्नुपर्ने अडानमा छन् । महामन्त्रीद्वयले संयुक्त वक्तव्य जारी गरेर नियमित महाधिवेशन स्थगन भएको र विशेष महाधिवेशनमा होमिनुपर्ने बताएका छन् ।





प्रतिक्रिया दिनुहोस्