दार्चुला – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावका लागि नेकपा एमालेले दार्चुलाबाट केन्द्रीय सदस्य गणेशसिंह ठगुन्नालाई एकल उम्मेदवार सिफारिस गरेको छ । आइतबार बसेको एमाले जिल्ला कमिटी दार्चुलाको नवौं पूर्ण बैठकले पूर्वमन्त्रीसमेत रहेका ठगुन्नाको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको एमाले दार्चुलाले जनाएको छ । २०७० को दोस्रो संविधानसभा र २०७४ को प्रतिनिधिसभा चुनावमा निर्वाचित ठगुन्ना २०७९ मा नेपाली कांग्रेसका दिलेन्द्र प्रसाद बडूसँग पराजित भएका थिए । बैठकमा केन्द्रीय तथा प्रदेश कमिटी सदस्य, जिल्ला कमिटी पदाधिकारी, पालिका कमिटी अध्यक्ष र जनसंगठनका प्रतिनिधिहरूको सहभागिता रहेको एमालेले जनाएको छ । समानुपातिकतर्फ दार्चुलाबाट जहेन्द्र सिंह ऐतवाललाई उम्मेदवार बनाइएको छ ।





प्रतिक्रिया दिनुहोस्