Skip to content

धनगढी पुगेर बालेनले भने – भोट नदिए हुन्छ, काम दिनुस्

काठमाडौं – रास्वपा वरिष्ठ नेता बालेन शाहले आफूहरू भोट भन्दा पनि काम माग्न सुदूरपश्चिम आएको बताएका छन् । बुधबार धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले सुदूरपश्चिमलाई सु–नजिक प्रदेश बनाउनुपर्ने बताए । ‘सुदूरपश्चिमलाई सु–नजिक प्रदेश बनाउनुपर्‍यो । रास्वपा यहाँ भोट माग्न आएको होइन । काम माग्न आएको हो, काम दिनुस् है ?’, बालेनले भने ।

आफूहरूलाई भोट नदिए पनि सुदूरपश्चिम भने बनाउने उनले बताए । ‘तपाईंहरूले भोट दिनुभएन भने पनि रास्वपाले सुदूरपश्चिम बनाउँछ । हाम्रा उम्मेदवारलाई हाम्रो कामको लिस्ट दिनुस् । भोट नदिए पनि हुन्छ, काम दिनुस्,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्