Skip to content

प्रधानमन्त्री कार्कीले भनिन् – युवालाई तिरष्कार गरेर राष्ट्र शान्त रहन सक्दैन

काठमाडौं – अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले प्रजातन्त्र आममानिसको मुहारमा झल्कनुपर्ने बताएकी छन् । युवालाई तिरष्कार गरेर कुनै राष्ट्र शान्त रहन नसक्ने भन्दै उनले युवाले नातावाद, कृपावाद र भ्रष्टाचार नसहने पनि जिकिर गरिन् । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज सैनिकमञ्च टुँडीखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले सो धारणा राखेकी हुन् । ‘प्रजातन्त्रको वास्तविक झल्को अन्त कहीँ होइन, आम मानिसको मुहारमा झल्किने आनन्ददायी मुस्कान र उनीहरूका निस्फिक्री निद्रामा झल्कनुपर्छ,’ प्रधानमन्त्री कार्कीले भनिन् ।

प्रतिक्रिया दिनुहोस्