काठमाडौँ, फागुन २० गते । प्रतिनिधि सभा सदस्य निर्वाचन विरोधी गतिविधिमा संलग्न १६० जना पक्राउ परेका छन्।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक अबि नारायण काफ्लेका अनुसार निर्वाचन विरोधी अभिव्यक्ति दिने, भेला–जम्मा गर्ने, पर्चा–पम्पलेट बाँड्ने, राँके जुलुस गर्ने, आतङ्कित गर्ने तथा मनोवैज्ञानिक त्रास फैलाउने गतिविधिमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो।
उहाँका अनुसार पक्राउ परेकामध्ये सामाजिक सञ्जालको दुरुपयोग गर्ने ३४ जना रहेका छन्।
“निर्वाचन विरोधी गतिविधि गर्ने जो–कोहीलाई कानुनी कारबाही गरिन्छ,” प्रवक्ता काफ्लेले भन्नुभयो।
मतदान नागरिकको संवैधानिक अधिकार भएकाले त्यसमा अवरोध पुर्याउन खोज्ने व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।





प्रतिक्रिया दिनुहोस्