Skip to content

झापामा ६५ प्रतिशत मतदान, राति १२ बजेदेखि मतगणना सुरु हुने

झापा – प्रतिनिधिसभा सदस्यको आज सम्पन्न निर्वाचनपछि मतदान केन्द्रबाट मतपेटिका सङ्कलन गरी सम्बन्धित क्षेत्रका निर्वाचन अधिकृतको कार्यालयमा धमाधम ढुवानी भइरहेको छ।

निर्वाचन अधिकारी तुलसी नेपालका अनुसार मतपेटिका सङ्कलन सम्पन्न भएपछि राजनीतिक दलहरूको सहभागितामा हुने सर्वदलीय बैठकको निर्णयअनुसार मतगणना सुरु गरिनेछ। उहाँले राति १२ बजेदेखि मतगणना सुरु हुने जानकारी दिनुभयो।

निर्वाचन कार्यालयका अनुसार जिल्लामा करिब ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ।

झापाका पाँचवटै निर्वाचन क्षेत्रका २८५ मतदानस्थल र ८१५ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ। पाँचवटा निर्वाचन क्षेत्रका लागि कुल ९० जना उम्मेदवार चुनावी मैदानमा रहेका थिए।

जिल्लामा तीन लाख ५८ हजार ३४६ पुरुष, तीन लाख ५५ हजार १८३ महिला र आठ अन्य गरी कुल सात लाख १३ हजार ५३७ मतदाता रहेका थिए।

प्रतिक्रिया दिनुहोस्