नयाँ दिल्ली – इरानमाथि अमेरिका र इजरायलले संयुक्त रूपमा आक्रमण सुरु गरेसँगै विश्वमै इन्धन सङ्कट चुलिन थालेको छ । विभिन्न मुलुकले खाना पकाउने ग्यासदेखि इन्धन सङ्कट झेल्न थालेका छन् । भारतमा समेत यो समस्या चुलिन थालेको छ । भारतकै बिहार राज्यको पटनामा खाना पकाउने ग्यास भण्डारण गरेर राखेको आशङ्कामा प्रहरीले विभिन्न होटलमा छापा मार्ने अभियान नै सञ्चालन गरेको छ । सोही क्रममा बुधबार पटनाको एउटा होटलमा प्रहरीको टोली छापा मार्न पुग्दा केही युवा–युवती आपत्ति जनक अवस्थामा फेला परेका थिए । प्रहरी आएको थाहा पाएपछि उनीहरूमा भागाभाग मच्चिएको थियो ।
भारतीय सञ्चारमाध्यमका अनुसार मोकामा स्टेशन रोडस्थित नीलम किचेन होटलमा प्रहरीको टोली ग्यास सिलिन्डर अनुगमनका लागि पुगेको थियो । सोही क्रममा उक्त होटलबाट तीन युवक र चार युवती आपत्तिजनक अवस्थामा भेटिएको बताइएको छ । प्रहरीले ती युवा–युवतीका साथै होटल सञ्चालक सियाराम सिंहलाई नियन्त्रणमा लिएको छ । प्रहरीले होटलको कोठाबाट केही आपत्तिजनक सामानसमेत बरामद गरेको छ । होटलका पाँच वटा कोठालाई प्रहरीले ‘सीज’ गरेर आवश्यक छानबिन प्रक्रिया अघि बढाएको छ । प्रहरीले होटलमा ग्राहकको विवरण दर्ता गरिने रजिस्टरसमेत नियन्त्रणमा लिएको बताइएको छ ।





प्रतिक्रिया दिनुहोस्