Skip to content

मित्र देशका लागि हर्मुज जलमार्ग खुला छ, अमेरिकी गठबन्धनलाई बमले स्वागत : इरान

काठमाडौँ – इरानले आफ्ना मित्र देशका लागि हर्मुज जलघाँटीको बाटो खुला गरिएको प्रष्ट पारेको छ । इरानी विदेश मन्त्री अब्बास अरागचीले चीन, रुस, भारत, पाकिस्तान र इराक जस्ता मित्र देशका लागि हर्मुज जलमार्गबाट तेलका जहाजहरु आवागमन गर्न दिइएको बताएका हुन् । मुम्बइस्थित इरानी कन्सुलेटले विदेशमन्त्रीको बयान जारी गर्दै अमेरिका र उसका सहयोगीहरुलाई भने हर्मुज बन्द रहेको र जबर्जस्ती गरिए बमले उडाउने धम्की समेत इरानले दिएको छ ।

हर्मुज जलघाँटी विश्व्भर तेल र ग्यास आपूर्तिका लागि रणनीतिक मार्ग मानिन्छ जुन इरानको तटीय क्षेत्र हुँदै अघि बढ्छ । इजरायल र अमेरिकी आक्रमणपछि इरानले यो मार्ग बन्द गरेको छ भने यहाँबाट अघि बढ्ने कतिपय जहाजमाथि हमला समेत भएको छ । अमेरिकाले हर्मुज खुलाउन अनेक प्रयास गरे पनि नसकेपछि धम्कीको साटो युद्धविराम र वार्ताको प्रस्ताव राखेको छ ।

प्रतिक्रिया दिनुहोस्