काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह मन्त्रीको नाम टुंग्याउन छलफलमा लागेका छन् । बिहीबार संघीय संसद सचिवालयमा सांसदहरूको शपथ र रास्वपा पार्टी कार्यालयमा शाहलाई संसदीय नेता चयन गरेपछि दुई जना छलफलमा बसेका हुन् । उनीहरूबीच बुढानीलकण्ठस्थित रविको निवासमा छलफल भइरहेको स्रोतले बतायो । रास्वपाले मन्त्रालय संख्या घटाएर १५ देखि १८ मा सीमित गर्ने तयारी गरेको छ । उपसभापतिद्वय डिपी अर्याल र स्वर्णिम वाग्ले दुवैलाई मन्त्री बनाउने गरी छलफल पनि चलिरहेको छ । त्यस्तै, महामन्त्री सुनिल लम्साल, प्रवक्ता मनिष झा, सांसदहरू शिशिर खनाल, सोबिता गौतम, राजुनाथ पाण्डे, सस्मित पोखरेल लगायतको नाम चर्चामा छ ।





प्रतिक्रिया दिनुहोस्